सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बडीमालिका ७ का जनप्रनिधिले आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने

२०७७ कार्तिक ६, ०५:०६ खबर संवाददाता

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्।

वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत पाएको १८ हजार र वडा सदस्यहरु धनलाल पाध्याय, कला थापा र प्रयाग जैशीले नियमअनुसार चाडपर्ववाफत पाएको ८ हजार गाउँकै चुथी स्वास्थ्य चौकीलाई प्रदान गर्ने बताएका हुन।
बिहिबार सम्पन्न दशैं तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा रकम दिने घोषणा गरेको वडासदस्य धनलाल पाध्यायले बताए। 

दशैंभत्ता वाफतको उक्त रकम स्वास्थ्य चौकीको जग्गा व्यवस्थापनमा सहयोग गरिएको वडाअध्यक्ष पाध्यायले बताए।

कमेन्ट लोड गर्नुस