सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा १ जना गम्भीर घाइते

तस्बिर :गणेश भण्डारी
तस्बिर :गणेश भण्डारी
२०७७ कार्तिक ६, ०८:१९ खबर संवाददाता

धनगढीः धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा १ जना गम्भीर घाइते भएका छन् ।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत विद्युत प्राधिकरण नजिकै आज बिहान धनगढीबाट भन्सारतर्फ जादै गरेको से १ ख ६१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको से ७ प ३१३५ को मोटरसाकललाई ठक्कर दिदा एक जना घाइते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालक गम्भीर घाइते भएपनि उनको परिचय नखुलेको जनाएको छ ।

उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बस, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

कमेन्ट लोड गर्नुस