सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोपालको ’जुनमा हेरूँ तिमीलाई’मा राजेश हमाल (भिडियोसहित)

२०७७ कार्तिक ५, ०६:५४ खबर संवाददाता

धनगढी: वरिस्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

प्रेमिल शैलीको  गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ ।  गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ।  यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।  

चलचित्र देउतामा समावेश ’अब यो बाटो मेरो हो ’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा  महानायक राजेश हमाल अभिनयले  गरेका छन्।  नायक हमालको साथमा  भिडियोमा  आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् ।  समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्।  विकाश दहालले भिडियो सम्पादन गरेका हुन् ।  श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।  गीतकार लोहारको अफिसिएल च्यानल ’गोलो  प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो ।  

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् ।  आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन्।  दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।  
 

कमेन्ट लोड गर्नुस