सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि(परिक्षा तालिकासहित)

२०७७ कार्तिक ५, ०४:५८ खबर संवाददाता

काठमाडौँ : राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने जनाएको छ। 

साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परिक्षा पनि सञ्चालन बताइएको छ। 

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परिक्षा गराउनुपर्ने छ।

आफूलाई पायक पर्ने ठाउँमा मात्र परिक्षा दिन पाउनेछन् भने पूर्णाक ४० अंक मात्र निर्धारण गरिएको छ।

४० अंक र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ। परिक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।

तालिका हेर्न यहाँ क्लिक गर्नुस 

कमेन्ट लोड गर्नुस