धनगढीमा संक्रमितले जन्माइन कोरोना अस्पतालमै शिशु
धनगढी: सेती प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा उपचाररत एक महिलाले शिशुलाई जन्म दिएकी छिन्। धनगढी उपमहानगरपालिका–४ की ३३ वर्षीया महिलाले बुधबार शिशुलाई जन्म दिएकी हुन।
जन्मेको शिशुको तौल १ हजार ४ सय ग्राम रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। गर्भवती भएको ७ महिनामै जन्मिएको शिशुको अवस्था जटिल रहेकाले एन आइसियूमा राखिएको उनले बताए।
साथै सूचना अधिकारी श्रेष्ठले केहि दिनपछि शिशुको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने समेत बताएका छन्।
अन्य उपचारका कारण असोज १ गते सेती अस्पताल भर्ना भएकी ती महिलालाई कोरोना पुष्टि भएपछि ३ गते कोरोना अस्पताल भर्ना गरिएको थियो।