सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोनाबाट व्यापारी सहित २ जनाको मृत्यु

२०७७ कार्तिक ५, ०९:३२ खबर संवाददाता

धनगढीः धनगढीका व्यापारी सहित कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो ।

सेती अस्पताल स्रोतका अनुसार असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । 

१५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।

अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएका उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यो सँगै धनगढीमा मृतकको संख्या ७ पुगेको छ भने सुदूरपश्चिममा २८ पुगेको छ ।

कमेन्ट लोड गर्नुस