धनगढीका कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक ५, ०९:०७
धनगढी: धनगढीका कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय संक्रमितको मृत्यु भएको हो ।
मंगलबार अस्पताल ल्याउँदै गर्दा ती पुरुषको मृत्यु भएको हो । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।
यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
कमेन्ट लोड गर्नुस