धनगढीमै कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय नाघेको छ ।
मंगलबार थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार २ सय नाघेको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।
उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमा संक्रमितको संख्या १ हजार २ सय ४ पुगेको जानकारी दिए ।
उपाध्यायका अनुसार ८ सय ५१ पुरुष र ३ सय ५३ जना महिलामा कोरोना पुष्टि भएको छ ।
उनीहरु मध्ये ९ सय २८ जनाले कोरोना जितिसकेका छन् भने २ सय ७१ सक्रिय संक्रमित छन् ।
३ महिला र २ पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।