सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौलानी डिपार्टमेन्टल स्टोरका संक्रमित कर्मचारी होम आइसोलेसनमा

२०७७ कार्तिक ४, ०७:०७ खबर संवाददाता

धनगढी: धनगढीस्थित चौलानी डिपार्टमेन्टल स्टोरका कोरोना भाइरस (कोभिड १९) संक्रमित कर्मचारी होम आइसोलेसनमा बसेका छन् । 

मंगलबार डिपार्टमेन्टलल विज्ञप्ति जारी गर्दै १ सय २७ जना कर्मचारी मध्ये १६ जनामा कोरोना पोजेटिभ देखिएको तर उनीहरुलाई कुनै लक्षण नदेखिएको जनाएको छ । साथै उनीहरु होम आइसोलेसनमा रहेको जनाइएको छ । 

यसैबीच स्टोरले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गर्दै कारोवार सुचारु राखेको जानकारी दिएको छ ।

कमेन्ट लोड गर्नुस