धनगढीका थप १९ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक ४, ०६:१३
धनगढीः धनगढीका थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप १९ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका १५ पुरुष र ४ महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
योसँगै धनगढीमा संक्रमितको संख्या १२ सय ११ पुगेको छ।
कमेन्ट लोड गर्नुस