धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका संक्रमितको मृत्यु
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/sab_10_2_1_0.jpg?itok=PcETuhCi)
धनगढीः धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो ।
सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार आइसियुमा सारिएको थियो ।
आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उनको रिर्पोट नेगेटिभ भएकाले सोमबार नै शव आफन्तले बुझेको अस्पतालले जनाएको छ ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)