सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा २ वटा भरुवा बन्दुक बरामद

२०७७ कार्तिक ४, ०६:३९ खबर संवाददाता

धनगढीः अछाममा २ वटा भरुवा बन्दुक बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले २ वटा भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

२६ असोजमा तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ को सेलागढी जंगलमा लुकाई छिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको हो ।

कात्तिक ३ गते प्रहरी चौकी ढकारीबाट खटिएको टोलीले ढकारी गाँउपालिका वडा नम्बर ४ को भराम स्थित बासपानीको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा अर्को भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस