सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पनि सुदुरपश्चिमेली नेपाली समाजगठन

२०७७ कार्तिक ४, ०६:२१ खबर संवाददाता

धनगढीः अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पर्ने ब्रिसवनमा पनि सुदुरपश्चिमेली नेपाली  समाज गठन गरिएको छ ।

हिन्दु नेपालीहरुको महान चाड वडा दशैँको अवसर पारेर सरोज सिह ठकुरीको अध्यक्षतामा २० सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचीवमा सुरेश बोगटी, सचिवमा हेमन्त न्यौपाने, सहसचिवमा वरुण सिंह ठकुरी, कोषाध्यक्षमा वलेन्द्र केसी चयन भएका छन् ।

समाजको सदस्यमा नवीन भट्ट, तेज ओझा, मुकुन्द पन्त, प्रकाश मिश्र, सरोज भट्ट, सागर गैरे, केसी सुदेश चौधरी, आशिक खड्का, भरत थापा, विकास साही, सन्तोष रावल रहेका छन् । स्वतन्त्र प्रताप शाह, गोविन्द भट्टराई, र चित्रराज भट्ट समितिको सल्लाहकारमा चयन भएका छन् ।

महासचिव बोगटीले समाजले सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिसँग सहकार्य गदै सुदूरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्नेछ ।

समितिले नेपालबाट क्विन्सल्याण्ड राज्यमा  अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग गर्ने, समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने, सुदुरपश्चिमको विकासका लागि प्रवासबाटै भएपनि सहयोग गर्ने जनाएको छ ।

यस्तै समितिले  आर्थिक रुपले विपन्न सुदूरपश्चिमबासीलाई सक्दो सहयोग गर्ने, मनोरञ्जनात्मक कार्यक्रम मार्फत सुदुरपश्चिमको स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र सम्बद्धर्धन गर्ने पनि समितिको मुख्य उद्देश्य भएको महासचिव  बोगटीले बताए ।

कमेन्ट लोड गर्नुस