सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री नेम्वाङलाई सङ्क्रमण पुष्टि

२०७७ कार्तिक ३, ०६:१४ खबर संवाददाता

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। 

आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेका छन्।  

अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई सङ्क्रमण पुष्टि भइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो।  

कमेन्ट लोड गर्नुस