टीकापुरका २५ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक ३, ०५:४४
धनगढीः सोमबार कैलालीको टीकापुर नगरपालिकामा २५ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा टीकापुरका २५ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले टीकापुरका १४ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।
कमेन्ट लोड गर्नुस