सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध काठ र सामान बरामद

२०७७ कार्तिक ३, ०४:२३ खबर संवाददाता

धनगढी: कञ्चनपुर प्रहरीले जिल्लाका २ स्थानमा अवैध काठ र सामान बरामद गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट गएराति मोटरसाइकलमा चोरी पैठारी गरेर ल्याएको सालको काठ ५ थान कडीसहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरीश लुहारलाई प्रहरीले पक्राउ गरिएको छ।  

पक्राउ परेका लुहारसहित मोटरसाइकल र काठ आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय कञ्चनपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर हादुर थापा क्षेत्रीले बताए। 

यस्तै प्रहरीले सोमबार मध्यान्ह भीमदत्त नगरपालिका–४ बसपार्कबाट भन्सार छली गरी ल्याइएको अन्दाजी ५४ हजार १ सय मुल्य बराबरको सरसामान, पर्दा र पर्दाका रोलहरु बरामद गरेको छ। 

बरामद गरिएको उक्त सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस