सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको छोटी पलियामा सशस्त्रको बिओपी स्थापना

२०७७ कार्तिक २, ०२:१८ खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिका–५ स्थित छोटी पलियामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी(बिओपी) स्थापना गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर अन्तर्गत स्थापना गरिएको बिओपीको आइतबार सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशङ्कर बुढाथोकी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले सयुक्त रुपमा उदघाटन गरेका छन्।

छोटी पलिया बिओपीमा तत्काललाई १५ जना सशस्त्र प्रहरी बस्ने जनाइएको छ। बिओपी स्थापनापछि सीमा क्षेत्रमा थप सुरक्षा कायम हुने र चोरी तस्करी नियन्त्रण हुने विश्वास लिइएको छ। 

योसँगै कैलारी गाउँपालिकामा ३ वटा र कैलालीमा १२ बिओपी पुगेको छ। 

कमेन्ट लोड गर्नुस