सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका ४ सहित थप ८ जनामा संक्रमण पुष्टि

२०७७ कार्तिक २, ०१:२४ खबर संवाददाता

धनगढीः डडेल्धुराका ४ सहित थप ८ जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–५, नवदुर्गा गाउँपालिका–२, गन्यापधुरा गाउँपालिका–३ र भागेश्वर गाउँपालिका–१ का एक÷एक गरी ४ जनामा जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै बैतडीको मेलौली गाउँपालिकाका २ जना, शिवनाथ गाउँपालिकाका १ जना र दार्चुलाको दुहुँ गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस