सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक २, ०९:२६ रासस

ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ। भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार मृतकमध्ये ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ। बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन। 

रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुङ्गाकै हुनसक्ने प्रहरीको अनुमान छ। अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ। गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ। उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ।
 

कमेन्ट लोड गर्नुस