सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बस दुर्घटना हुँदा सुदूरपश्चिमका एक दम्पत्तीको मृत्यु, छोरा घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २, ०७:२० खबर संवाददाता

धनगढीः भारतमा बस दुर्घटना हुँदा सुदूरपश्चिमका एक दम्पत्तीको मृत्यु भएको छ। भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठोक्किदा कञ्चनपुरका एक दम्पत्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले दुर्घटनामा भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय मोहनबहादुर गुरुङ र उनकी श्रीमती कलावतीको मृत्यु भएको बताए।

यस्तै अन्दाजी १७ वर्षीय छोरा आनन्द गुरुङ सामान्य घाइते भएको प्रहरी नायब उपरिक्षक थापाले बताए। मृतक दम्पत्तीको शव शनिबार कञ्चनपुर ल्याइएको छ। शव महाकाली अस्पतालमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस