Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८८५६ पुग्यो, कुन जिल्ला कति?

खवर संवाददाता
२०७७ कार्तिक २, ०६:३५
अ+

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको झण्डै ९ हजार नजिक पुगेको छ।

प्रदेशका ९ वटै जिल्लामा शनिबार सम्म ८ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार भने प्रदेशमा संक्रमितको संख्या ८ हजार पाँच सय ८८ पुगेको छ।

सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर रहेका सुदूरपश्चिमका संक्रमितको तथ्यांक समावेश नगरेकाले संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा कम देखिएको जनाएको छ ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ३ हजार २ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई हजार पाँच सय ४३ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भईसकेको छ ।

यस्तै डोटीका एक हजार एक सय ७६, अछामका एक हजार एक सय २९, कञ्चनपुरका नौ सय ५८, बझाङका पाँच सय ९६, बाजुराका चार सय ५९, बैतडीका चार सय ६४, डडेल्धुराका तीन सय ७९ र दार्चुलाका २ सय जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर संक्रमण पुष्टि भएका ७ हजार दुई सय जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ ।
  
 

Skip Ad