डडेल्धुरामा नयाँ युवा नयाँ सोचको समिति गठन, आजै विद्या आश्रममा सहयोग

डडेल्धुरा: डडेल्धुरामा नयाँ युवा, नयाँ सोचको जिल्ला इकाई समिति गठन भएको छ। जसको अध्यक्षमा नरेश देउवा चयन भएका छन्।
यस्तै उपाध्यक्षमा सञ्जना पाठक, कोषाध्यक्षमा सन्तोष सेठी, सचिवमा सागर ताम्राकार र सहसचिवमा डेबिट ताम्राकार चयन भएका छन्। यस्तै सदस्यमा विपिन साउद र आयुष पन्त चयन भएका छन्।
आजै नवगठित समितिले उग्रतारा विद्याआश्रममा सहयोग गरेको छ। आश्रममा रहेका बटुकहरुलाई चामल, दाल, तरकारी र मसला सहयोग गरेको समितिका अध्यक्ष नरेश देउवाले बताए।

