सुदूर नेपाललाई विश्वसँग जोड्दै

साथीको हत्या गर्ने २ जना ११ वर्षपछि पक्राउ

२०७७ कार्तिक १, ०६:२५ रासस

काठमाडौँ: आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ। 

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ लयाएको हो। उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। 

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो। त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए। उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ। उनीहरु घटनापछि  ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए। 

भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए। पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ। निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो।

कमेन्ट लोड गर्नुस