गल्तीले गोल खाएपछि उनकै साथीहरुले कुटीकुटी मारे

धनगढी: फूटबल खेलका क्रममा एक खेलाडीबाट गल्ती भएपछि उनकै साथीहरुले कुटेर मारेका छन्। घटना हो अफ्रिकी मुलुक युगान्डाको। फूटबल खेल्ने क्रममा डिफेन्समा गल्ती हुँदा गोल खाएपछि ओवासी नामक खेलाडीलाई उनका साथीहरूले कुटीकुटी मारेका छन्।
लामवोमा भएको उक्त घटनामा २२ वर्षका ओवासीले डिफेन्डमा ठूलै भूल गरेपछि साथीहरूले ओवासीलाई मुक्का र लात हिर्काएका थिए।
त्यसपछि उनलाई अस्पताल लगियो तर उनी बाच्न सकेनन्। प्रहरीले दुई दाजुभाइलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। -एजेन्सीबाट
