कैलालीका थप ४३ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि

धनगढीः कैलालीका ४३ र कञ्चनपुरका ४ जना गरी सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पु्ष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ सय ३७ जनाको परीक्षण गरिएकोमा कैलालीका ४३ सहित थप ४७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४३ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का तीन÷तीन जना, वडा नम्बर ४ र ८ का दुई/दुई जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए। यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नरवास नगरपालिका– ३ का एक जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ।
