सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकामको कीर्तिपुर क्षेत्र सिल

२०७७ असोज ३०, ०२:०८ खबर संवाददाता

विमल बोहरा, डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले भीमदत्त राजमार्ग अन्तरगतको तल्लो कीर्तिपुर क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ। 

शुक्रबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको हो। संक्रमण देखिएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै वडा कार्यालयले तल्लो कीर्तिपुरस्थित दानबहादुर महरको पसलदेखि प्रतिक्षालयसम्मका पसल बन्द गर्न आग्रह गरेको छ। 

साथै वडा सचिव खडक बोहराले अर्को सूचना जारी नहुँदासम्म उक्त क्षेत्रमा भेला नहुन र युवकसँग सम्पर्कमा आएकाहरुले ७ दिनपछि पिसीआर परीक्षणका लागि अमरगढी नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेका छन्।

कमेन्ट लोड गर्नुस