सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वपश्चिम राजमार्गसहित कैलालीमा अनिश्चितकालिन यातायात बन्द हुने

२०७७ असोज ३०, ०१:२० खबर संवाददाता

धनगढी: शुक्रबारदेखि  पूर्वपश्चिम राजमार्गसहित कैलालीमा अनिश्चितकालिन यातायात बन्द हुने बताइएको छ। कैलालीकी पत्रकार निर्मला पहराइलाई न्याय दिन माग गर्दै आन्दोलनरत पक्षले बन्दको आव्हान गरेको हो। 

धनगढीमा आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न संघ संस्थाहरुले पहराइ मृत्यु प्रकरणमा दोषीलाइ उन्मुक्ती दिने षड्यन्त्र भएको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।

पहाराईको हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिर्पोट समेत गलत भएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए।

आन्दोलनका कार्यक्रम अन्तरगत आज दिउँसो २ बजेदेखि पूर्व पश्चिम राजमार्ग सहित कैलालीका सबै क्षेत्रमा अनिश्चितकालका लागि यातायात बन्द गर्ने, सुखडमा ¥याली सहित प्रदर्शन गर्ने, टायर बाल्ने तथा अनिश्चितकालिन चक्का जाम गर्ने कार्यक्रम तय भएको मिशन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडीले बताए।

कमेन्ट लोड गर्नुस