कोरोनाको संक्रमणबाट सजग हुन पत्रकार महासंघ कैलाली शाखाको अपिल

धनगढीः कोरोना भाइरसको संक्रमणबाट सजग हुन पत्रकार महासंघ कैलाली शाखाले अपिल गरेको छ।
विहिबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै महासंघ कैलालीले पत्रकारहरुमा कोरोना पुष्टि हुँदै आएकाले सजग हुने आग्रह गरिएको हो। समचार संकलनका लागि गएका पत्रकारहरुमा मसेत कोरोना पुष्टि भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
पत्रकार महासंघको जिल्ला शाखा कैलालीले सार्वजनिक गरेको विज्ञप्तीमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाबाट आम सञ्चार क्षेत्र पनि अछुतो नरहेको भन्दै जिल्लाका सञ्चार कर्मीलाई समेत कोरोना देखिएकाले सजक रहन आग्रह गरिएको हो।
