सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला हत्या प्रकरणमा मुछिएका डिएसपी जिसीसहित तीन प्रहरीको निलम्बन फुकुवा

२०७७ असोज २९, ०६:४९ खबर संवाददाता

धनगढीः कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित तीन प्रहरीको निलम्बन फुुकुवा भएको छ।

गृह मन्त्रालयका अनुसार तत्कालीन समयमा अनुसन्धानका लागि खटिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो।

प्रहरी नायब उपरिक्षक जिसीको गृह मन्त्रालय र प्रहरी नायब निरिक्षक धामी र प्रहरी जवान साउदको प्रहरी प्रधान कार्यालयले निलम्बन फुकुवा गरेको हो। उनीहरुमाथि लागेको प्रमाण नष्टको मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले यसअघि नै सफाइ दिइसकेको छ।

यसअघि प्रहरी नियमावलीमा कर्मचारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो भने पछिल्लो समय मन्त्रिपरिषद् बैठकले संशोधन गर्दै अन्तिम किनारा भन्ने शब्द हटाएको थियो।

नियमावली संशोधनपछि उनीहरुको निलम्बन फुकुवा भएको हो। यो सँगै तीनै जना प्रहरी अधिकारीलाई पुनः सेवामा फर्किने बाटो खुलेको छ।

कमेन्ट लोड गर्नुस