सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्लाही घटनाको निन्दा

२०७७ असोज २८, १०:५२ रासस

कांग्रेसले सर्लाहीमा आज आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको जनाउँदै घटनाको निन्दा  गरेको छ।

सर्लाही जिल्ला रामनगर गाउँपालिका–७ निवासी दलित महेन्द्र रामको यही असोज २२ गते भएको हत्या सम्बन्धमा मृतक परिवारको जाहेरी प्रशासनले दर्ता नगरेको भनी आज कांग्रेसले सर्लाहीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो। सो क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको कांग्रेसले जनाएको छ।

मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतकका श्रीमती, भाइ एवं अन्य तीन महिलालगायत घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले पक्राउ परेका व्यक्तिलाई अविलम्ब रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
 

कमेन्ट लोड गर्नुस