सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैँकहरुलाई कैलालीका व्यवसायीको अनुरोध–व्याजका लागि ताकेता नगरिदिनुस्

२०७७ असोज २८, ०७:५५ खबर संवाददाता

धनगढीः उद्योग वाणिज्य संघ कैलालीले व्यवसाय नै धरासायी बनेका बेला ब्याजका लागि व्यवसायीलाई ताकेता नगरिदिन अनुरोध गरेको छ।

बैँकर्स एसोसिएसन र बैकर्स क्लबसँग छलफल गर्दै वाणिज्य संघले ब्याजका लागि ताकेता नगरिदिन अनुरोध गरेको हो।

वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले साना उद्योगीलाई बिना धितो ब्याजको व्यवस्था गर्नुपर्ने, सरकारी सुविधा व्यवसायीहरुले नपाएकाले ब्याजका लागि ताकेता नगर्न अनुरोध गरेका थिए।

बैँकर्स क्लबका अध्यक्ष धर्म विष्टले व्यवसायीहरुका माग पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।

छलफल कार्यक्रममा बैँकर्स एसोसिएसनका सुदूरपश्चिम अध्यक्ष बिरु प्रसाद जैसी, धनगढीका बैँकहरुका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य, वस्तुगत संघ र संघका सल्लाहकारको सहभागिता रहेको थियो।    
 

कमेन्ट लोड गर्नुस