सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवासमा सहयोगी बन्दै सुदूरपश्चिमेली समाज साउदी अरेबिया

२०७७ असोज २८, ०७:११ खबर संवाददाता

धनगढी: साउदी अरेबियामा रहेका नेपालीहरुले सुदूरपश्चिमेली समाज साउदी अरेबिया नामका संस्था गठन गरेर प्रवासमा रहेका नेपालीहरुलाई सहयोग गरिरहेको छ। रोजगारीको शिलशिलामा प्रवासमा रहेका नेपालीलाई सहयोग गर्ने भावनासहित स्थापना भएको संस्थाले भरखरै मात्र दुई वटा कार्य गरेको छ।

विगत ८ महिना अघिदेखि रोजगारी गुमाएर अलपत्र डोटीका शेरबहादुर कडारालाई नेपाल पठाउन विभिन्न कदम चालेको समाजका अध्यक्ष जगदिश नाथले बताए। उनलाई विभिन्न व्यक्तिहरुसँग समन्वय गरेर नेपाल पठाएको अध्यक्ष नाथले बताए। 

उनलाई सुदूरपश्चिमेली समाजका सामाजिक अभियन्ता चक्र मल्लले ४ सय साउदी रियाल, अध्यक्ष जगदीश नाथले ५ सय, अन्तरसंस्था समन्वय समितिले ९ सय र  नेपाली एकता समाज परिवारले ६ सय रियाल सहयोग गरेका थिए। 

यस्तै डडेल्धुराको अमरगढी नगरपालिका–११ फिन्नेकोटका तेजबहादुर दमाईको शवलाई नेपाल पठाउन विभिन्न निकायसँग समन्वय गरिरहेको सुदूरपश्चिमेली समाज साउदी अरेबियाका अध्यक्ष जगदिश नाथले बताए। दमाइ आफ्नै निवासमा झुण्डिएको अवस्थामा फेला परेका थिए। 

कमेन्ट लोड गर्नुस