धनगढीमा ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते, एकको अवस्था गम्भीर

धनगढीः धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते भएका छन्।
धनगढी उप–महानगरपालिका वडा नम्बर ८ को नवदुर्गा मन्दिर नजिकै स्थानीय हरिलाल विष्टको घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाईते भएको प्रहरीले जनाएको छ।
घाईते हुनेमा ७० वर्षीय विष्ट सहित ६५ वर्षीया बिमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुको उद्दार गरी माया मेट्रो अस्पताल पुगाएको छ। घाईते मध्ये बिमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनको पनि माया मेट्रो अस्पतालमै उपचार भईरहेको छ। ग्यास लिक भएको अवस्थामा जलाउँदा पड्किएको प्रहरीले जनाएको छ।

