सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ३० तोला सुन चोरी भएको ९ दिन बित्यो, संलग्नको पहिचान भएन

२०७७ असोज २८, ०९:०४ खबर संवाददाता

धनगढीः धनगढीमा  घरको ताल्चा तोडेर नगद सहित ३० तोला सुन चोरी भएको ९ पुगेको छ।

गत १९ असोजमा धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएपनि प्रहरीले चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले सुन चोरीको घटनाको अनुसन्धानका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको बताएपनि १० दिन बित्दा समेत संलग्नको पहिचान खुलेको छैन्।

चोरीमा संलग्न व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षकको कमाण्डमा टोली परिचालन गरेको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले समेत छुट्टै टोली खटाएको जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले सुन चोरी प्रकरणको अनुसन्धानमा सघाउन छुट्टै टोली खटाईएको दिनेश खबरलाई जानकारी दिए।

उनका अनुुुसार घटनाको विभिन्न कोणबाट अनुसन्धान भईरहेको छ।

गत असोज १८ गते जोशी स–परिवार काठमाडौँ गएका थिए भने १९ गते राती चोरी भएको थियो। जोशीले २० गते घरमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

चोरले नगद र सुन चोरी गरेपनि घरमा रहेका अन्य सामान भने नलगेको प्रहरीले जनाएको छ। 
 
 

कमेन्ट लोड गर्नुस