सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा संक्रमितको संख्या ३ हजार नाघ्यो

२०७७ असोज २८, ०७:०३ खबर संवाददाता

धनगढीः कैलालीमा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ।

जिल्लामा घना बस्ती भएका क्षेत्रमा तिव्र रुपमा संक्रमण फैलिरहेको कैलालीमा २९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या तीन हजार नाघेको हो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीका तीन हजार २२ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार तीन  सय ३९ जनाले कोरोना जितेका छन् भने ६ सय ७३ जना संक्रिय संक्रमित छन्।

उनीहरु विभिन्न अस्पतालका आईसोलेन, संस्थागत आईसोलेन र होम आईसोलेसनमा बसिरहेका छन्। जिल्लामा १० जनाको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ।  

कैलालीपछि डोटीका एक हजार एक सय ४१ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै अछामका एक हजार एक सय तीन, कञ्चनपुरका नौ सय ३१, बझाङका पाँच सय ७३, बाजुराका चार सय ५९, बैतडीका चार सय ५४, डडेल्धुराका तीन सय ६५ र दार्चुलाका एक सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका ६ हजार नौँ सय ४ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस