धनगढीमा मासु काट्ने व्यक्तिमा कोरोना पुष्टि

२०७७ असोज २७, ०४:१९
धनगढी: धनगढीका एक मासु पसलमा कार्यरत व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३५ वर्षीय ती पुरुषलाई सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा कोरोना पुष्टि भएको हो।
उनले एक मासु पसलमा मासु काट्ने काम गर्नेगरेको उपमहानगरपालिकाले जनाएको छ।


कमेन्ट लोड गर्नुस