सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३ लाख बढी मुल्यको अवैध सामान बरामद

२०७७ असोज २६, ०५:५६ खबर संवाददाता

धनगढी: कञ्चनपुर प्रहरीले ३ लाख बढी मुल्य बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ३ लाख १७ हजार ८ सय मुल्य बराबरको सामान, मोटरसाइकल र तस्करी गर्ने व्यक्तिलाई पक्राउ गरेको हो। 

क्षेत्रिय अनुसन्धान समुह र जिल्ला प्रहरीको टोलीले सोमबार मात्रै जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुर चोकबाट भन्सार छलेर ल्याएको  बिडी, प्याज र मोटरसाइकल गरी १ लाख १५ हजार बराबरको समान बदामद गरेको छ। प्रहरीले मोटरसाइकल चालक बेलौरीका २९ वर्षीय ललित महरा र बरामद भएका सामान कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 

यस्तै विभिन्न मितिमा कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिकाको वडा नम्बर १, ४ र ६ बाट अवैध रुपमा भन्सार छलेर ल्याएको मोटरसाइकल २ थान, ३६ कट्टा केराउ, २७ कट्टा मलखाद, पेन्टस र हार्डवयरका समान गरी १ लाख ८८ हजार ७ सय बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

यसैगरी भिमदत्त नगरपालिका–४ स्थित गल्ली नम्बर ४ बाट भन्सार छलेर ल्याएको १४ हजार एक सय मुल्य बराबरको ४७ प्याकेट धनिया बरामद गरिएको प्रहरीले जनाएको छ। 

बरामद भएका सामान र मोटरसाइकल आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस