रुकुमको सोती घटनाः ८ जनालाई छाड्न उच्च अदालतको आदेश

सुर्खेत: गत १० जेठमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संग्लन ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश गरेको छ। थुनामा रहेका लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनलाई छोड्न आदेश दिएको हो।
उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छाड्न आदेश दिएको छ।
उच्च अदालत सुर्खेतले आइतबार राति ११ बजे मात्र फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका ६ जना र दुई जना किटानी जोहीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको अदालतले जनाएको छ।

