सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश २ को अनुसन्धान ब्युरो स्थापनासम्बन्धी विधेयक पारित

२०७७ असोज २५, १०:३८ रासस

प्रदेश नं २  प्रदेशसभा बैठकले अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र भएका वा हुन सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना सङ्कलन गर्ने, गराउने ब्युरोको प्रमुख कार्य हुने जानकारी दिए।

ब्युरोले प्रदेशभित्रको शान्तिसुरक्षा र सुव्यवस्था,  आर्थिक हित र विकास, औद्योगिकीकरण, व्यापारव्यवसाय प्रवद्र्धनलाई प्रतिकूल असर पार्ने वा पार्न सक्ने सूचना वा जानकारी पनि सङ्कलन गर्नेछ। ब्युरोले आफ्नो कर्तव्य पालनाका सिलसिलामा नेपालको सार्वभौमसत्ता र  राष्ट्रिय सुरक्षा प्रतिकूल हुने वा खलल पार्ने वा पार्न सक्ने प्रकृतिका सूचना वा जानकारी प्राप्त भएमा सोको जानकारी  सङ्घीय सरकारलाई समेत दिने विधेयकमा उल्लेख गरिएको छ।
 

कमेन्ट लोड गर्नुस