सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना सङ्क्रमितको संख्या ७० लाख नाघ्यो

२०७७ असोज २५, ०१:३६ रासस

भारतमा आइतबार कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ। 

साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ। 

गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ। अझैपनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोनाभाइरस मुक्त भएका छन्। 

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोनाभाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर)ले जनाएको छ।

शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोनाभाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस