सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव कैलालीका दुई नेता पार्टीबाट निष्काशित

२०७७ असोज २४, ०८:३८ खबर संवाददाता

धनगढीः प्रतिबन्धीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले दुई जना जिल्ला सदस्यलाई पार्टीबाट निष्कास गरेको छ।

पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक लाभ लिएको भन्दै साधारण सदस्य समेत नरहनेगरी जिल्ला सदस्य महेन्द्र र साजनलाई निष्काशित गरिएको नेकपाले जनाएको छ।

सेक्रेटरी करन थारुले विज्ञप्ती जारी गर्दै दुवै जनालाई पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन्।

‘जिल्ला सदस्य क.महेन्द्र र साजनले पार्टीमाथि गम्भीर प्रकारका आँच आउने, पार्टी नीति, प्रक्रिया विपरीत पार्टीलाई नटेर्ने,अटेरी, अराजक गरी पार्टीका नाममा आर्थिक लाभ लिई पार्टीलाई नै बदनाम गरेकाले निज कमरेडहरुलाई आजकै मितिबाट पार्टी सदस्यता समेत नरहनेगरी निष्कासन गरिएको जानकारी गराउँदछौँ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। 

कमेन्ट लोड गर्नुस