सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप २१ जनामा कोरोना पुष्टि

२०७७ असोज २३, ०४:४२

धनगढीः धनगढीका थप २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज थप २१ जनामा संत्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एक/एकजना  र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस