सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा अछामका बाढी पीडितलाई सहयोग

२०७७ असोज २३, ०३:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम समाज दक्षिण कोरियाले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ।

समाजले दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुबाट रकम संकलन गरी गत भदौँमा आएको बाढीमा परी ज्यान गुमाएका र पीडित परिवारलाई राहत स्वरुप चार लाख ६ हजार सहयोग गरिएको जनाएको छ।

समाजका पूर्व सचिव गोपाल भट्टले अछाममै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो। उनका अनुसार १७ जना मृतक चार परिवारलाई प्रति व्यक्ति १२ हजारका दरले दुई लाख ४ हजार, भौतिक क्षती भएका २० परिवारलाई नौँ हजार पाँच सयका दरले सहयोग रकम प्रदान गरिएको हो।

यस्तै एचआईभी एड्सबाट आमाबुवा गुमाएकी १० वर्षीया बालिका र मृगौला फेल भएर दुई छोरा गुमाएका रामारोशन गाउँपालिकाका बृद्ध जोगी बुढालाई पनि ६÷६ हजार सहयोग गरिएको छ। समाजका पूर्व पदाधिकारी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो।

पूर्व अध्यक्ष नरबहादुर शाही, पूर्व सचिव गोपाल भट्ट, सुरेन्द्र विष्ट, वर्तमान कोषाध्यक्ष डिल्लीराज ओझाले रामारोशनमै पुगेर सहयोग रकम सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेका हुन्।

स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको रहोबरमै सहयोग रकम हस्तान्तरण गरिएको थियो। सहयोग रकम हस्तान्तरणमा ओम श्रीनगर डेन्टल क्लनीकका डाक्टर प्रेमप्रकाश रेग्मीले सहयोग गरेका समाजका पूर्व सचिव भट्टले जानकारी दिए।

यस्तै अंकुर नेपाल सुदूरपश्चिमले पनि पीडितलाई रकम हस्तान्तरणमा सहयोग गरेको उनले बताए।  

गत भदौमा आएको बाढीले अछामको रामारोशन गाउँपालिका  वडा नम्बर ५ सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए।

वेपत्ता भएका मध्ये १० जनाको शव अझै नभेटिएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस