ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपीलाई कोरोना पुष्टि
धनगढीः कैलालीमा कार्यरत एकजना प्रहरी नायब उपरिक्षक (डिएसपी) लाई पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख समेत रहेका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टलाई कोरोना संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा प्रनाउ विष्टलाई कोरोना पुष्टि भएको जानकारी दिए।
यस्तै विष्टका अंगरक्षक र ईलाका प्रहरी कार्यालयमै कार्यालय थप एकजना प्रहरीमा पनि संक्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए।
संक्रमण पुष्टि भएपछि डिएसपी सहितका तीनै जना प्रहरी कार्यालयकै आईसोलेसनमा बसेका छन्।
यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरालाई समेत कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।