सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बसन्तपुर युथ क्लब अपाङ्ग साउँदका लागि आर्थिक सङ्कलन गर्दै

२०७७ असोज २२, ०२:३१ खबर संवाददाता

धनगढी: कैलालीको बसन्तपूर युथ क्लबले अपाङ्ग देबबहादुर साउँदको कृत्रिम खुट्टा खरिदका लागि आर्थिक सङ्कलन थालेको छ। उक्त क्लबले कैलालीको चुरे गाउँपालिका वडा नम्बर २ का साउँदको कृत्रिम खुट्टा खरिदका लागि आर्थिक सङ्कलन गर्न थालेको हो। 

उनको कृत्रिम खुट्टा खरिदमा एक लाख खर्च लाग्ने र अहिलेसम्म सो क्लबले २० हजार मात्र सङ्कलन गरेको छ भने स्थानीय निकायबाट १० हजार नगद सहयोग गरिएको बताइएको छ। 

पर्यटन क्षेत्रको प्रचारप्रसार, समाजमा लुकेर रहेका प्रतिभा उजागर, समाजसेवाप्रति समर्पित खेलकुद क्षेत्रको उजागर, संस्कृति संरक्षण, रक्तदान लगायतका कार्यहरु गर्ने उद्देश्यले स्थापित उक्त संस्थाले बुधबार मात्रै वैधानिकता प्राप्त गरेको छ।

 

कमेन्ट लोड गर्नुस