धनगढीमा कोरोना संक्रमितको संख्या ८५२ पुग्यो
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या साढे ८ सय नाघेको छ। बुधवार थप ४० जनामा संक्रमण पुष्टि भएसंगै धनगढीमा संक्रमितको संख्या ८ सय ५२ पुगेको छ।
दुई सय ५९ महिला र ५ सय ९३ पुरुषमा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्यायले जानकारी दिए। उनका अनुसार दुई सय १२ महिला र चार सय ३७ पुरुष गरी ६ सय ४९ जना कोरोना मुक्त भएका छन्।
४४ महिला र एक सय ५६ पुरुष गरी दुई सय जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ३२ महिला र एक सय ३३ पुरुष गरी एक सय ६५ जना होम आईसोलेसनमा छन् भने १२ महिला र २३ पुरुष गरी ३५ जना मात्रै अस्पताल र आईसोलेसन सेन्टरमा छन्।
धनगढी उप–महानगरपालिकाका तीन जना संक्रमितको मृत्यु भएको छ भने थप एक जना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।