सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघीयता सहयोग कार्यक्रम अन्तरगत सामग्री हस्तान्तरण

२०७७ असोज २१, ०४:०१ खबर संवाददाता

धनगढी: यूएसएडको साझेदारीमा संचालित संघीयता सहयोग कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिकालाई बुधवार बिभिन्न सामग्री हस्तान्तरण गरिएको छ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडलाई कार्यक्रमका डेपुटी चिफ अफ पार्टी राकेश कर्णले ल्यापटप एक थना, राउटर एक थान, एयर कन्डिशन १ थान, ‘६५’ टिभी एक थान, पावर ब्याकअफ १ थान, अटोमेटिक स्टीप्लाईजर १ थान लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो। नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधी हल तयार गर्नका लागि बिभिन्न उपकरण सहितका सामाग्रीहरु प्राप्त भएको बताए।

सामाग्री हस्तान्तरण कार्यक्रममा तालिम विज्ञ पुरुषोत्तम अधिकारी र कार्यक्रका धनगढी नगर संयोजक टेक रानाको उपस्थीति रहेको थियो। यसै कार्यक्रमको टोलीले धनगढी उप–महानगरपालिका नगरप्रमुख, योजनाशाखा प्रमुख, सामुदायीक विकास शाखा प्रमुख, सूचना प्रविधी शाखाका प्रमुख संग कार्यक्रमका बिषयमा छलफल समेत गरेका थिए।

कमेन्ट लोड गर्नुस