कैलालीको टीकापुरका १० जनामा कोरोना पुष्टि
२०७७ असोज २१, ०३:२२
कैलाली: कैलालीको टीकापुर नगरपालिकाका १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
उनका अनुसार संक्रमण पुष्टि हुनेमा ९ जना पुरुष र एक जना महिला रहेका छन्।
कमेन्ट लोड गर्नुस