सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोशल मिडियाबाट सिकेर ऋण लिएकै बैंक लुटे, अनि त्यसैमा तिरे कर्जा

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ असोज २१, ०१:३६

धनगढी: आजभोलि सोशल मिडियाबाट चोरी गर्ने तरिका सिक्ने चलन चलेको छ। भर्खरै भारतको ओडिशामा यस्तै प्रकारको घटना घटेको छ। एक युवकले सोशल मिडियाबाट चोरीको तरिका सिकेका थिए र चोरी पनि गरेका थिए। तर ती व्यक्तिले त्यसै बैंकमा चोरी गरे जसबाट उनले ऋण लिएका थिए। 

लकडाउनका कारण धेरै नोक्सान भोगेका एक व्यापारीले दुई बैंक लुटेका छन्। उनले ती बैंक लुटे जसबाट उनले ऋण लिएका थिए। 

गत महिना सोशल मिडियाबाट सिकेर उनले १२ लाख रुपैंया चोरी गरेका छन्। उक्त आरोपमा भारतीय प्रहरीले भुवनेश्वरमा कारोबार गरिरहेका सौर्यरंजन जेनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शहरको बाहिरी भागमा उनको साडी पसल थियो। लकडाउन हुनुअघि उनीसँग मासिक ९ लाख रुपैंयाको कारोबार थियो।  ती व्यापारीले १९ लाख  ऋण लिएका थिए। तर लकडाउनका कारण ऋण तिर्न नसकेपछि सुरुमा उनले ७ सेप्टेम्बरमा टोयोटाबाट इन्डियन ओभरसीज बैंक लुटे। त्यसपछि युवकले पिस्तोल किने र २८ सेप्टम्भरमा बैंक अफ इंडियामा चोरी गरे। 

प्रहरीका अनुसार उनल लुटेको रकमबाट केहि लोन समेत चुक्त गरिसकेका छन्। -अमर उजालाको सहयोगमा 

कमेन्ट लोड गर्नुस