सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुन्डाईको धनगढी– अत्तरिया रोड शो

२०७७ असोज २१, ०६:५१ खबर संवाददाता

धनगढी– हुन्डाई अटोमोबाइलको सुदूरपश्चिमका लागि आधिकारिक विक्रेता दिनेश फोर व्हील्सले धनगढीदेखि अत्तरियासम्म रोड शो सम्पन्न गरेको छ। हुन्डाईले पछिल्लो एक महिनामा बजारमा ल्याएका तीन प्रकारका गाडीहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि रोड शो गरिएको हो। 

होन्डाई ब्राण्डका क्रेटा, निओज र औरा गाडीको विषयमा ग्राहकहरुलाई जानकारी दिनका लागि रोड शो र्याली गरिएको दिनेश फोर व्हील्सका म्यानेजर दिपेन्द्र ओझाले जानकारी दिए। हुन्डाईले दशैं लक्षित ‘यसपालीको दशैंतिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ। यस योजना अन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत् थप एक लाख सम्मको नगद छुट पाउन सक्नेछन्।

त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्रान्ड आइटेन एनआईओस १ थान जित्न सक्नेछन्। यो योजनाको अवधि असोज ५ देखी सुरु भईसकेको र मंसिर ५ सम्म लागु हुने कम्पनीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस